पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२

पाेखरा | असार ३१, २०८३

पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

भगवती युवा क्लब राखु म्याग्दीको आयोजनामा आगामी साउन २ गतेदेखि पोखरा रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

 

‘सामाजिक चेतना, अनुशासन गतिशीलता, स्वाभिमान र विकास, क्लबको पहिचान’ भन्ने मूल नारासहित स्थापित क्लबले म्याग्दी बाहिर पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

 

सो प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद ४२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमलाई नगद २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित गिफ्ट ह्याम्पर प्रदान गरिने प्रतियोगिता संयोजक सुलभ मल्ले जानकारी दिए ।

 

उनका अनुसार महिलातर्फ विजेता तथा उपविजेता हुने टिमले क्रमश नगद २५ हजार २ सय २२ रुपैयाँ र १५ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।

 

प्रतियोगितामा तनहुँ, कास्की, म्याग्दी, काठमाडौँ र पर्वत लगायतका खेलाडीहरुको सहभागिता छ भने पुरुषतर्फ १५ र महिलातर्फ ५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्